देशको समृद्धिका लागि प्राज्ञिक क्षेत्रको विकास अपरिहार्य छ : राष्ट्रपति

हिमाल प्रेस १६ भदौ २०८२ १८:०६
12
SHARES
देशको समृद्धिका लागि प्राज्ञिक क्षेत्रको विकास अपरिहार्य छ : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले देशको समृद्धिका लागि भौतिक विकाससहित साहित्य, कला, संगीतलगायत प्राज्ञिक क्षेत्रको विकास उत्तिकै अपरिहार्य रहेको बताएका छन्।

सोमबार शितल निवासमा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव, २०८२ का विजयी कविहरुलाई पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकको समृद्धिका लागि भौतिक विकाससहित साहित्य, कला, संगीत, संस्कृति क्षेत्र अर्थात् प्राज्ञिक क्षेत्रको विकास पनि उत्तिकै अपरिहार्य रहेको बताएका हुन्।

उनले नेपाल विभिन्न भाषा, जाति र अनेकौँ संस्कृतिहरूको साझा थलो भएको धारणा राखे। राष्ट्रपति पौडेलले नेपाली जनताको लामो त्याग र संघर्षबाट प्राप्त उपलब्धिलाई प्राज्ञिक रूपमा स्थापित गर्ने दायित्व पनि नेपाल प्रज्ञा प्रतिष्ठान कै भएको बताउँदै प्रज्ञा प्रतिष्ठानले आफ्नो दायित्व कुशलतापूर्वक वहन गर्न सक्षम र सफल हुने विश्वास व्यक्त गरे।

उनले साहित्यलाई भाषाको कलात्मक अभिव्यक्ति भन्दै वास्तवमा भाषा, साहित्य भनेको देशको ढुकढुकी, पहिचान र आत्मा भएको जिकिर गरे।

राष्ट्रपति पौडेलले अनुमप भौगोलिक विविधतासहित विभिन्न जातजाति, भाषा, संस्कृति, परम्पराको संरक्षण, संवर्धन र विकासमा जुट्नु साझा दायित्व भएको बताए। उनले राष्ट्रिय कविता महोत्सव, २०८२ मा उत्कृष्ट दशभित्र पर्न सफल पुरस्कृत हुने सबै कविहरूलाई बधाई दिँदै उनीहरूको सृजना यात्राको प्रगतिको कामना गरे। कार्यक्रममा राष्ट्रपतिले विभिन्न १० जना कविहरूलाई सम्मानपत्र तथा पुरस्कार वितरण गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast