सांघाई सहयोग संगठन सम्मेलन : पहलगाम आक्रमणको निन्दा

हिमाल प्रेस १६ भदौ २०८२ १७:१७
10
SHARES
सांघाई सहयोग संगठन सम्मेलन : पहलगाम आक्रमणको निन्दा

काठमाडौँ- सांघाई सहयोग संगठन (एससीओ) सम्मेलनले भारतको कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणको निन्दा गरेको छ। एससीओले संयुक्त वक्तव्य जारी गरेर पहलगाम आक्रमणको निन्दा गरेको हो।

एससीओको संयुक्त वक्तव्यमा भनिएको छ,‘सदस्य देशहरूले आतंकवादका सबै रूपहरूको कडा निन्दा गरेका छन्। सबै देशहरूले आतंकवादविरूद्धको लडाइँमा दोहोरो मापदण्ड अस्वीकार्य गर्दै अन्तर्राष्ट्रिय समुदायलाई आतंकवादविरूद्ध संयुक्त राष्ट्रसंघको केन्द्रीय भूमिकाअन्तर्गत काम गर्न आग्रह गरेका छन्।’

अन्तर्राष्ट्रिय आतंकवादविरूद्ध एकजुटता अपनाउनुपर्नेमा सदस्य राष्ट्रहरूले जोड दिएका छन्। ‘सदस्य राष्ट्रहरूले २२ अप्रिल २०२५ मा पहलगाममा भएको आतंकवादी आक्रमणलाई सदस्य राष्ट्रहरूले निन्दा गरेका छन्,’ वक्तव्यमा भनेका छन्।

साथै एससीओको संयुक्त बयानमा पाकिस्तानको जाफर एक्सप्रेस ट्रेनमा भएको आतंकवादी आक्रमणको पनि निन्दा गरिएको छ। सदस्य राष्ट्रहरूले आतंकवाद, अलगाववाद र अतिवादविरूद्ध प्रतिबद्धता दोहो¥याएका छन्।

प्रकाशित: १६ भदौ २०८२ १७:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast