धवलागिरीले विद्यालय कर्मचारी, ईसीडी शिक्षकलगायतको तलब तोकेर पठायो विद्यालयलाई पत्र

हिमाल प्रेस १६ भदौ २०८२ १७:०७
8.0k
SHARES
धवलागिरीले विद्यालय कर्मचारी, ईसीडी शिक्षकलगायतको तलब तोकेर पठायो विद्यालयलाई पत्र

काठमाडौँ- म्याग्दीको धवलागिरी गाउँपालिकाले सामुदायिक विद्यालयलाई चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिक तलबी माग फारम पेस गर्न आग्रह गरेको छ।

गाउँ कार्यपालिकाको २०८२ साउन १५ गतेको बैठक निर्णयअनुसार विद्यालयले माग फारम पत्र प्राप्त भएको सात दिनभित्र पेस गर्नुपर्ने व्यवस्था गरिएको हो।

गाउँपालिकाले आवश्यक कागजातसहित तोकिएको समयभित्र माग फारम पेस गर्न विद्यालयलाई अनुरोध गरेको छ।

माग फारममा प्रारम्भिक बालविकास शिक्षक, विद्यालय सहयोगी, विद्यालय सहायक कर्मचारी (लेखापाल) शिक्षण सहयोग अनुदान, गाउँपालिका अनुदान शिक्षक, प्रधानाध्यापक खर्च उपलब्ध छ।

बालविकास शिक्षक (ईसीडी शिक्षक) को १८ हजार, विद्यालय सहयोगीको १७ हजार २५०, विद्यालय सहायक कर्मचारी (लेखापाल) को तलब २० हजार उल्लेख छ।

यस्तो छ पालिकाको पत्र

 

 

प्रकाशित: १६ भदौ २०८२ १७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast