
काठमाडौँ- यस वर्षको दसैँको फूलपातीमा प्रदर्शन हुने फिल्म ‘बलिदान’ अमेरिकाको २०० भन्दा बढी हलमा प्रदर्शन हुने भएको छ।
अमेरिकाको सबैभन्दा ठूलो हल चेन एएमसीसहित सिनेमार्क, मार्कस र रेगलजस्ता अन्य २०० भन्दा बढी हलमा एक हजार भन्दा बढी शोसहित प्रदर्शन हुन लागेको फिल्मका निर्देशक सन्तोष सेनले बताए।
उनकाअनुसार अमेरिकाको सबैभन्दा ठूलो हल चेन एएमसीमा नेपाली फिल्म पहिलोपटक प्रदर्शन हुन लागेको हो।
समीर भट्ट अभीतिन फिल्म ‘बलिदान’ का यसअघि सार्वजनिक गरिएको पोस्टर तथा टिजरले नै फिल्मप्रति दर्शक प्रतिक्षारत छन्।
समीरसहित फिल्ममा सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी, सन्तोष सेन लगायतको अभिनय छ।
आशुसेन फिल्म्सको प्रस्तुति रहेको फिल्म पवन ब्राडफोर्ड बिस्ट निर्मातामा र प्रेम पुरी कार्यकारी निर्मातामा छन्।