चितवनमा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

हिमाल प्रेस १६ भदौ २०८२ १५:०५
10
SHARES
चितवनमा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

चितवन- चितवनमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट लमजुङतर्फ जाँदै गरेको ग१ख ४१४० नम्बरको बस र बिपरीत दिशाबाट आउँदै गरेको ग१२प ६९९२ नम्बरको मोटरसाइकल आज बिहान ९:४० बजे चितवनको भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए।

घाइते चालकलाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पुर्‍याइएकामा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए। मृतकको पहिचान खुलेको छैन।

अहिले दुवै सवारी साधन र बसका चालक लमजुङको बेसीसहर नगरपालिका–११ का मनबहादुर बिकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: १६ भदौ २०८२ १५:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast