शिक्षा विधेयक : निजी विद्यालय सञ्चालकले चक्रपथमा निकाले बससहित र्‍याली

हिमाल प्रेस १६ भदौ २०८२ १२:३३
220
SHARES
शिक्षा विधेयक : निजी विद्यालय सञ्चालकले चक्रपथमा निकाले बससहित र्‍याली

काठमाडौँ- निजी विद्यालय सञ्चालकले शिक्षा विधेयकका केही प्रावधानहरू संशोधन गर्न दबाबस्वरूप काठमाडौँ उपत्यकामा विद्यालय बससहितको र्‍याली गरेका छन्।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको शिक्षा विधेयकमा पूर्ण छात्रवृत्ति र विद्यालयलाई गैरनाफामूलक बनाउनुपर्ने जस्ता प्रावधान हटाउनुपर्ने माग गर्दै उनीहरूले देशव्यापी आन्दोलन गर्दै आएका छन्। सोही आन्दोलनअन्तर्गत आज उपत्यकाका विभिन्न चोक र प्रवेशबिन्दुबाट विद्यालय बससहित चक्रपथ परिक्रमा गरिएको हो।

र्‍यालीमा सहभागी प्रत्येक विद्यालय बसमा ब्यानर र कालो झण्डा राखिएको थियो। बसहरू विहान ११:३० बजे तोकिएका स्थानबाट प्रस्थान गरी चक्रपथ घडिघुम्ती दिशामा परिक्रमा गरिएको आयोजकहरूले बताएका छन्।

आन्दोलन संयुक्त रूपमा प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले आह्वान गरेका हुन्। प्रदर्शनका क्रममा कतिपय ठाउँमा बसको लामो लस्करका कारण अन्य सवारीसाधनलाई आवागमनमा कठिनाइ भएको थियो।

प्रकाशित: १६ भदौ २०८२ १२:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast