
काठमाडौँ- नेपाल शिक्षक संघ सुदूरपश्चिम प्रदेश कार्यसमितिले आन्दोलनको नाम परिवर्तन गरी ‘शैक्षिक विद्रोह’ राख्न शिक्षक संघ संघीय कार्यसमिति अध्यक्ष सोमनाथ गिरीलाई सुझाव दिएको छ।
विद्यालय शिक्षा विधेयक, २०८० मा विमति राख्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलनलाई सशक्त बनाउन आन्दोलनकै नाम परिवर्तन गरेर अगाडि बढ्न प्रदेश कार्यसमितिले आइतबार त्यस्ताे सुझाव दिएको हो।
प्रदेश कार्यसमिति महासचिव प्रेमबहादुर शाह र अध्यक्ष डिल्लीराज पन्तले संघीय कार्यसमिति काठमाडौँलाई पेस गरेको सुझावमा भनिएको छ,‘आन्दोलनको नाम परिवर्तन गरी (शैक्षिक विद्रोह राख्ने), शैक्षिक संस्था पूर्ण बन्द गरी स्थानीय पालिकामा सबै शिक्षक धर्ना बस्ने, राजनैतिक पार्टीसँगको शुभेच्छुक सम्बन्ध त्याग गर्ने।’
त्यस्तै, कार्यसमितिले राजनीतिक पार्टी तथा नेता बहिष्कार गर्ने र देशभरका शिक्षक कर्मचारीले सामूहिक राजीनामा दिनेसम्मका सुझाव पेस गरेको छ।
नेपाल शिक्षक संघ नेपाल शिक्षक महासंघको एक प्रमुख घटक हो। संघमा ९६ हजार शिक्षक आबद्ध छन्। संघ नेपाली कांग्रेस निकट छ।
यस्तो छ सुझाव पत्र
नेपाल शिक्षक संघ
सुदूरपश्चिम प्रदेश कार्यसमिति
श्रीमान् अध्यक्षज्यू
नेपाल शिक्षक संघ संघिय कार्यसमिति
धुम्वाराही
बिषयः सुझाब
पेस गरिएको सम्बन्धमा ।
मितिः २०८२/०५/१५
उपरोक्त सम्बन्धमा शिक्षा क्षेत्रको चौतर्फी बिकासका लागी अग्रगामि शिक्षा ऐन ल्याउन नेपाल शिक्षक महासंघको नेतृत्वमा भएको चरणबद्ध तथा २९ दिने सडक आन्दोलनमा देशै भरीका लाखौ शिक्षक काठमाण्डौको माईतीघर मण्डलामा उतारी संघर्ष गरी पटक पटक सरकारले गरेका सम्झौता कार्यन्वयन नगरी त्यो आन्दोलनको मर्म भावना तथा उद्देश्य बिपरित पश्च्यगामी बिद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पास हुनेक्रममा रहेको छ । राज्यले सबल नागरिक उत्पादन गर्ने बौद्धिक बर्गलाई उपेक्षा गरेकोले नेपाल शिक्षक महासंघको नेत्रित्वमा फेरी चरणबद्ध आन्दोलनको सर्कुलर जारी भएकोले सो आन्दोलन सफल पार्न नेपाल शिक्षक संघ सुदूरपश्चिम प्रदेश कार्यसमितिको मिति २०८२/०५/१४ गते बसेको नबौ पूर्ण बैठकले सबै खाले शिक्षक कर्मचारीको मागमुद्दालाई शिक्षा बिधेयकमा सम्बोधन गर्न गराउन सशक्त आन्दोलनको आवश्यकताको ठहर गर्दै अब गरिने आन्दोलनको सोरुप तपशिलको अनुसार गर्न गराउन सुझाब नेपाल शिक्षक संघ संघिय कार्यसमिति र नेपाल शिक्षक महासंघ केन्द्रीय कार्यसमिति लाई पेस गर्ने निर्णय भएकोले सोहि अनुरुप गर्न गराउन अनुरोध गरिन्छ ।
तपशिल
१- आन्दोलनको नाम परिबर्तन गरी (शैक्षिक बिद्रोह राख्ने)
२- शैक्षिक संस्था पूर्ण बन्द गरी स्थानिय पालिकामा सबै शिक्षक धर्ना बस्ने
३- राजनैतिक पार्टी संगको शुभेच्छुक सम्बन्ध त्याग गर्ने
४-
– राजनैतिक पार्टी तथा नेता बहिस्कार गर्ने
५- सम्पुर्ण, देसै भरीका शिक्षक कर्मचारीले सामूहिक राजिनामा