अवैध कारोबारको नियन्त्रणमा व्यवसायीकै मुख्य भूमिका हुनुपर्छ : गृहमन्त्री

हिमाल प्रेस १६ भदौ २०८२ ९:४७
6
SHARES
अवैध कारोबारको नियन्त्रणमा व्यवसायीकै मुख्य भूमिका हुनुपर्छ : गृहमन्त्री गृहमन्त्री रमेश लेखक

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले भन्सार छलेर आउने अवैध कारोबारको नियन्त्रणमा व्यवसायीकै मुख्य भूमिका हुने बताएका छन्। वीरगञ्ज उद्योग वाणिज्य संघले आइतबार बेलुका आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा उनले अवैध कारोबारमा ‘मिलेमतो’ हुने बताएका हुन्।

‘अवैध सामान आइहाले व्यापारी कै गोदाममा राख्छ, पुलिसको गोदाममा त राख्दैनन्। मिलेमतो त पुलिसको पनि हुन सक्छ। तर व्यापारीको सहयोग बिना अवैध काम हुनै सक्दैन,’ गृहमन्त्री लेखकले भने। अवैध कारोबार पूर्णरूपमा नियन्त्रण गर्न गृह मन्त्रालय लागेको बताउँदै उनले एक अर्कालाई दोषारोपण गर्ने भन्दा पनि मिलेर काम गर्नुपर्ने बताए।

व्यापारीले पुलिस देखाउने, पुलिसले सशस्त्रलाई, सशस्त्रले पुलिसलाई, दुवै मिलेर सीडीओलाई देखाउने जस्ता क्रियाकलाप गरेर नहुने उनको धारणा छ।

दुई महिनामा देखिने गरी परिवर्तनको अनुभूति दिलाउनु पर्नेमा उनको जोड थियो। उद्योगी व्यवसायीले राखेका मागका सम्बन्धमा कानुन बमोजिम वैध अपेक्षा पूरा गर्ने आश्वासन पनि उनले दिए। निजी क्षेत्रलाई संरक्षण गर्न नसकेको अवस्थामा आर्थिक वृद्धि हुन नसक्ने बताउँदै उनले निजी क्षेत्रलाई सरकारले सहयोग, संरक्षण सहजीकरण गर्नुपर्ने खाँचो औंल्याए।

प्रकाशित: १६ भदौ २०८२ ९:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast