देशभरका ११ राजमार्ग पूर्णरूपमा अवरुद्ध

हिमाल प्रेस १६ भदौ २०८२ ९:०६
12
SHARES
देशभरका ११ राजमार्ग पूर्णरूपमा अवरुद्ध

काठमाडौँ- बाढीपहिरोको कारण आज देशका ११ राजमार्ग आज पूर्णरूपमा अवरुद्ध भएका छन्।

आज संखुवासभास्थित कोशी राजमार्ग, रसुवाको नेपाल-चीन जोड्ने पुल, रसुवाकै पासाङल्हामु राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, रोल्पाको घोराही-रुकुम सहिद मार्ग, रुकुम पश्चिमको जाजरकोट-डोल्पा-भेरि सडक, कालीकोटको कर्णाली राजमार्ग, जाजरकोटको मोर्क-चंखिला सडक, रुकुम पश्चिमको मध्यपहाडी राजमार्ग, जाजरकोटको जाजरकोट-डोल्पा सडक आज पूर्णरुपमा अवरुद्ध अवस्थामा रहेका प्रहरीले जनाएको छ।

काठमाडौँको धार्चे सडक, तेह्रथुमको मध्यपहाडी लोकमार्ग, रसुवाको गल्छि-त्रिवेणी-मैलुङ-स्याफ्रु सडक, बागलुङको कालीगण्डकी करिडोर, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, तनहुँको पृथ्वी राजमार्ग, दाङको राप्ती राजमार्ग, अर्घाखाँचीको सालझण्डी-ढोरपाटन सडकमा एकतर्फी गाडी चलेका प्रहरीले जनाएको छ।

अवरुद्ध राजमार्गको पहिरो पन्छाएर गाडी सञ्चालनको प्रयास जारी रहेको पनि प्रहरीको भनाइ छ।

हेर्नुहोस् अवरुद्ध रहेका र एकतर्फी गाडी गुडिरहेका सडक

प्रकाशित: १६ भदौ २०८२ ९:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast