
काठमाडौँ- एएफसी महिला च्याम्पियन्स लिग समूह चरणमा नेपालको एपीएफ फुटबल क्लब लगातारको तेस्रो हार सहित बाहिरिएको छ।
मारिया डा सिल्भाको ह्याट्रिकमा आज साउदी अरेबियाको अल नासारले ६-१ को हार चखायो। उज्वेकिस्तानको कार्सी स्टेडियममा भएको खेलमा एपीएफको प्रदर्शन आज पनि फितलो रहयो। खेलको चौथो मिनेटमा कमजोर डिफेन्सको फाइदा उठाउँदै क्लारा लुभाङ्गाले गोल गरिन्।
पहिलो हाफको इन्ज्युरी समयमा मिनेटमा नासारले अग्रता दुगुना गर्यो। कप्तान मारियाले गोल गरिन्। खेलको ५० औं मिनेटमा सविता राना मगरले गोल गरिन्। एएफसी महिला च्याम्पियन्स लिगमा नेपाली क्लबले गरेको पहिलो गोल हो।
तर यसपछि क्लारा लुभाङ्गाले रूथ किपोईको असिस्टमा गोल गर्दै नासारलाई ३-१ को अग्रता दिलाइन्। खेलको ७० औं मिनेटमा फ्रि किकमा सीधै गोल गरिन्। लगत्तै ८० औं मिनेटमा होल गर्दै मारियाले ह्याट्रिक पूरा गर्न गरिन्। यसपछि ८६ औं मिनेटमा सोखान सालिनीले गोल गर्दा नासारले ६-१ को जित दर्ज गर्यो।
यसअघि पहिलो खेलमा एपिएफ एफसी नासाफसँग ३-० ले हारेको थियो। दोस्रो खेलमा थाइल्याण्डको कलेज अफ एसियन स्कोलर्सले ४-० ले माथ दिएको थियो। एपीएफले यो छनोट दोस्रो पटक खेलेको हो। अंक नजोडी एपीएफ समूह चरणबाटै बाहिरियो।