उच्चतम् मूल्यमा पुगेर कीर्तिमान कायम गरेको डलर आज पनि स्थिर

हिमाल प्रेस १६ भदौ २०८२ ६:४१
12
SHARES
उच्चतम् मूल्यमा पुगेर कीर्तिमान कायम गरेको डलर आज पनि स्थिर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज पनि अमेरिकी डलरको मूल्य हालसम्मकै सबैभन्दा महँगो मूल्यमा स्थिर छ।

आज पनि अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा छ। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सर्वाधिक हो। विगत तीन दिनदेखि अमेरिकी डलर यही मूल्यमा स्थिर छ।

 आज युरो एकको खरिददर १६४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६५ रुपैयाँ २६ पैसा छ। हिजो युरो एकको खरिददर १६४ रुपैयाँ २४ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९४ पैसा थियो।

आज पाउन्ड एकको खरिददर १९० रुपैयाँ १७ पैसा र बिक्रीदर १९० रुपैयाँ ९८ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९० रुपैयाँ २९ पैसा थियो।

आज अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ १० पैसा र बिक्रीदर ९२ रुपैयाँ ५० पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३२ पैसा थियो।

कुबेती दिनार एकको खरिददर ४६० रुपैयाँ ९५ र बिक्रीदर ४६२ रुपैयाँ ९१ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४६० रुपैयाँ ७४ र बिक्रीदर ४६२ रुपैयाँ ७० पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७५ रुपैयाँ १२ पैसा छ। हिजो पनि बहराइन दिनारको विनिमयदर यही थियो।

प्रकाशित: १६ भदौ २०८२ ६:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast