गंगा सोनम बनिन् छैटौँ ‘नेपाल आइडल’

हिमाल प्रेस १६ भदौ २०८२ ६:२६
26
SHARES
गंगा सोनम बनिन् छैटौँ ‘नेपाल आइडल’

काठमाडौँ- ‘नेपाल आइडल’ को छैटौँ संस्करणको उपाधि गंगा सोनमले जितेकी छिन्। आज ललितपुरमा भएको ग्रान्ड फिनालेमा सिन्धुपाल्चोककी सोनम विजेता घोषित भएकी हुन्। अनलाइन भोटिङका आधारमा उनलाई विजेता घोषणा गरिएको हो।

विजेता बनेसँगै उनले नगद २५ लाख रुपैयाँ हात पारिन्। यसपटकको फिनालेमा सोनमसहित सिक्किमबाट बबिता थापा मगर, दार्जिलिङबाट अभिनय खाती, चितवनबाट दर्शना गान्धारी र काठमाडौँबाट मृनल मानन्धर भिडेका थिए।

यस सिजनमा बबिता थापा मगर फर्स्ट रनर अप र दर्शना गान्धारी सेकेन्ड रनरअप घोषित भइन्। फर्स्ट रनर अपले १० लाख र सेकेन्ड रनर अपले ५ लाख पुरस्कार पाएका छन्।

अभिनय खाती चौथो बन्दा मृनल मानन्धर पाँचौ बनिन्। उनीहरू दुवैले १ लाख रूपैयाँ पुरस्कार जिते।

नेपाल आइडलको पहिलो विजेता बुद्ध लामा हुन्। त्यसपछि दोस्रो सिजनमा रवि ओडले जित्दा तेस्रो सिजनमा सज्जा चौलागाईं विजेता घोषित भइन्। चौथोमा भुपेन्द्र थापा मगरले उपाधि जित्दा करण परियार पाँचौँ संस्करणको विजेता बनेका थिए।

प्रकाशित: १६ भदौ २०८२ ६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast