 प्रतिनिधिमूलक तस्बिर।
                             प्रतिनिधिमूलक तस्बिर।
                                            उदयपुर– उदयपुरमा लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन् । शनिबार उदयपुरगढी गाँउपालिका- ७ प्रहरीले गाँजासहित २ जना महिलालाई गाँजासहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका १७ बस्ने ४५ वर्षीय लिलादेवी राम र सोही नगरपालिका वडा नम्बर ८ बस्ने ४० वर्षीय अस्मिता राम रहेका छन् । पक्राउ परेकाहरुबाट ११ केजी बढी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
                            प्रकाशित: ११ असोज  २०८२ १३:५८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 