संसद् सचिवालयका १८ वटा गाडी र ३६ वटा मोटरसाइकल नष्ट

हिमाल प्रेस १२ असोज २०८२ १८:१० | Sunday, September 28, 2025
संसद् सचिवालयका १८ वटा गाडी र ३६ वटा मोटरसाइकल नष्ट संघीय संसद् सचिवालयको भवन नम्बर १ परिसरमा थुप्रिएको फोहोर आइतबार सफा गर्दै कर्मचारी।

काठमाडौँ– भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा सिंहदरबारस्थित संघीय संसद् सचिवालयका १८ वटा गाडी र ३६ वटा मोटरसाइकल नष्ट भएका छन्। सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाका उपसचिव अधिराज राईले उक्त जानकारी दिएका हुन्।

संघीय संसद् सचिवालयका कर्मचारीले आगजनी गरिएका सवारीसाधन जलेर थुप्रिएको फोहोर आइतबार सफाइ गरेका छन्।

दसैं बिदाको अघिल्लो दिन संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको नेतृत्वमा कर्मचारीहरूले संघीय संसद् सचिवालयको भवन नम्बर १ परिसरमा थुप्रिएको फोहोर सफा गरेका हुन्।

आन्दोलनका क्रममा भवन नम्बर २ परिसरमा रहेका सवारीसाधनमा आगजनी गरिएको थियो। आगजनीबाट जलेका सवारीसाधनलाई पनि सचिवालय परिसरबाट अन्यत्रै व्यवस्थापन गरिएको छ।
आगजनीबाट सिंहदरवारमा रहेका सचिवालयका दुवै भवन र काठघरहरू जोगिएका छन्।

प्रकाशित: १२ असोज २०८२ १८:१० | Sunday, September 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast