८० वर्षमाथिकालाई सम्मान गर्दै पर्वत समाज

हिमाल प्रेस ६ असोज २०८२ ७:२५ | Monday, September 22, 2025
८० वर्षमाथिकालाई सम्मान गर्दै पर्वत समाज

काठमाडौँ- पर्वत समाजले पर्वतेली आमाबुबालाई आज सम्मान गर्दैछ। समाजले घटस्थापनाको दिन पारेर आज काठमाडौंको हात्तिसारस्थित नेपाल हाउसमा भव्य कार्यक्रमका बीच सम्मान गर्ने कार्यक्रम छ। कार्यक्रम बिहान ११ बजे गरिने जनाइएको छ।

पर्वतबासीबीच शुभकामना आदानप्रदानका साथै पर्वतबाट काठमाडौँ आएर स्थायी तथा अस्थायी रूपमा बसेका ८० वर्ष वा सो भन्दामाथिका वृद्धवृद्धालाई सम्मान गर्ने भएको समाजका अध्यक्ष गणेश शर्माले जानकारी दिए।

पर्वत समाजले ‘अग्रजलाई सम्मान, अनुभवलाई मार्गदर्शन र युवा सक्रियता आजको आवश्यकता’को मान्यतासहित अगाडि बढेकाले यो कार्यक्रम राखिएको अध्यक्ष शर्माले बताए।

समाजले सोही दिन पर्वतबासीबीच दसैँ, तिहार, छठ लगायत चाडपर्वको शुभकामना आदानप्रदान तथा चियापान आयोजना गर्ने महासचिव टीका कार्कीले जानकारी दिए। कार्यक्रममा ज्येष्ठ नागरिक सम्मान, पर्वतवासीलाई केन्द्रित गरेर बनाइएको वेवसाइड लन्च र सदस्यता प्रमाणपत्र वितरण गरिने अध्यक्ष शर्माले जनाए।

प्रकाशित: ६ असोज २०८२ ७:२५ | Monday, September 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast