१३ वर्षदेखि नेपालमा पश्चिमाहरू खेलिरहेका छन्, जेनजीको हिंसात्मक घटनामा संलग्न थिइन : दुर्गा प्रसाई

हिमाल प्रेस २ असोज २०८२ ७:०१ | Thursday, September 18, 2025
१३ वर्षदेखि नेपालमा पश्चिमाहरू खेलिरहेका छन्, जेनजीको हिंसात्मक घटनामा संलग्न थिइन : दुर्गा प्रसाई दुर्गा प्रसाईं । फाइल तस्बिर

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईले नेपालविरुद्ध ठूलो विदेशी षड्यन्त्र भइरहेको दाबी गरेका छन्। उनले भदौ २३ र २४ गतेको हिंसात्मक घटनामा आफू र आफ्ना समर्थक संलग्न नभएको प्रष्ट पारेका छन्।

उनले एक भिडियो सन्देशमार्फत पश्चिमी शक्तिहरूले विगत १३ वर्षयता भएका ठूला राजनीतिक घटनाक्रमहरूलाई योजनाबद्ध रूपमा अघि बढाएको आरोप लगाएका छन्।

उनका अनुसार यो योजनाले नेपाललाई अस्थिर बनाउने, सनातन धर्म र राजसंस्था कमजोर पार्ने र अन्ततः देशलाई विदेशी नियन्त्रणमा ल्याउने उद्देश्य लिएको छ। उनले राष्ट्रवादीहरूलाई एकजुट भई ‘देश बचाउने अभियान’ मा लाग्न आह्वान गर्दै राजालाई पनि सक्रिय हुन आग्रह गरेका छन्।

प्रकाशित: २ असोज २०८२ ७:०१ | Thursday, September 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast