हुम्लामा चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने

हिमाल प्रेस २७ भदौ २०८२ ९:४४ | Friday, September 12, 2025
हुम्लामा चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने फाइल तस्बिर।

हुम्ला- दसैँ र तिहारलगायतका पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले सहुलियत पसल सञ्चालन गर्ने भएको छ।

विगतका वर्षमा झैँ यस वर्ष पनि सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालन गर्न लागिएको हो।

कम्पनीका अनुसार वर्ष चामल, तेल र चिनी सहुलियत मूल्यमा उपलब्ध गराइनेछ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाका प्रमुख कृष्णबहादुर थापा मगरले भदौ ३० गतेदेखि सहुलियत पसल सञ्चालन गरिने जानकारी दिए।

उनका अनुसार खाद्यान्न र चिनीमा प्रतिकेजी रु ५ छुट दिइनेछ भने तेलमा प्रतिलिटर रु सात छुट दिइनेछ।

प्रकाशित: २७ भदौ २०८२ ९:४४ | Friday, September 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast