हिमाञ्चलराज केसी बने मिस्टर नेपाल वर्ल्ड २०२५

हिमाल प्रेस ५ असोज २०८२ १३:१६ | Sunday, September 21, 2025
हिमाञ्चलराज केसी बने मिस्टर नेपाल वर्ल्ड २०२५

काठमाडौँ- यस वर्ष मिस्टर नेपाल वर्ल्ड २०२५ को उपाधि हिमाञ्चलराज केसीले जितेका छन्। होटल सोल्टीमा शनिबार आयोजित ग्रान्ड फिनालेमा केसी मिस्टर नेपाल वर्ल्ड २०२५ विजेता घोषित भएका हुन्।

मिस्टर ग्लोबल नेपाल को उपाधि गिरिशरत्न शाक्यले जिते भने प्रकाश चौहानले ‘म्यान अफ द वर्ल्ड’को उपाधि हात पारेका छन्। आयोजकले विजेताहरूलाई ५ लाख बराबरको पुरस्कार प्रदान गरेको छ।

यो सँगै उनीहरूले ‘मिस्टर वर्ल्ड २०२५’, ‘मिस्टर ग्लोबल २०२५’ र ‘म्यान अफ द वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्न पाउने बताइएको छ।

त्यस्तै, प्रतियोगितामा पहिलो उपविजेता निश्चल मानन्धर र दोस्रो उपविजेता दर्पणसिंह गिरी बने। प्रतियोगिता नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast