हमासले सार्वजनिक गर्‍यो विपिनसहित ४८ बन्धकको ‘बिदाइ तस्बिर’

हिमाल प्रेस ४ असोज २०८२ २१:२५ | Saturday, September 20, 2025
हमासले सार्वजनिक गर्‍यो विपिनसहित ४८ बन्धकको ‘बिदाइ तस्बिर’

काठमाडौँ- हमासले नेपालका विपिन जोशीसहित ४८ बन्धकको ‘बिदाइ तस्बिर’ सार्वजनिक गरेको छ।

इजरायली सेनाले गाजा सहरमाथि नियन्त्रण गर्ने अभियानलाई तीव्रता दिएपछि हमासले ४८ बन्धकहरूको ‘बिदाई तस्बिर’ सार्वजनिक गरेको हो।

समाचार संस्था अलजजिराको अनलाईन संस्करणका अनुसार हमासको कस्साम बिग्रेड्सले तस्बिर सार्वजनिक गरेको हो। तस्बिरमा जीवित र मृत दुवै बन्दीहरूको बताइएको छ।

अलजजिराले जनाएअनुसार सबै तस्बिरहरूको क्याप्सनमा ‘रोन अराड’ लेखिएको थियो। यो सन् १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेनाका कप्तानसँग सम्बन्धित छ।

हमासले जारी गरेको तस्बिरसँग एउटा सन्देशसमेत प्रकाशित गरेको छ। सन्देशमा भनिएको छ,‘नेतन्याहूको अस्वीकृति र जमिरको आत्मसमर्पणका कारण गाजा सिटीमा सैनिक कार्यवाही सुरू भइरहेका बेला बिदाई तस्बिर।’

प्रकाशित: ४ असोज २०८२ २१:२५ | Saturday, September 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast