हटाइए गृहसचिव दुवाडी

हिमाल प्रेस ७ असोज २०८२ १३:०५ | Tuesday, September 23, 2025
हटाइए गृहसचिव दुवाडी गोकर्णमणि दुवाडी

काठमाडौँ- सरकारले रामेश्वर दंगाललाई नयाँ गृहसचिवको जिम्मेवारी दिने निर्णय गरेको छ।

यसअघि जेनजी आन्दोलन दमनमा संलग्न भएको आरोप खेपिरहेका तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएर रक्षासचिवका रूपमा कार्यरत दंगाललाई सो पदमा ल्याइएको हो। दंगाल स्वयं गृह प्रशासनकै क्याडर अधिकारी हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार जिम्मेवारी दिने निर्णय बुधबारसम्म कार्यान्वयनमा आउनेछ।

भिजिट भिसा प्रकरणमा समेत नाम जोडिए पनि उन्मुक्ति पाएका दुवाडी सरकार परिवर्तनपश्चात् करिब डेढ सातासम्म गृह मन्त्रालयमै टिकेका थिए।

तर, जेनजी आन्दोलनमा प्रशासनिक दमन गरेको भन्दै छानबिनको माग बनेपछि सरकारले उनलाई हटाएर योजना आयोग सचिवालयतर्फ पठाएको हो।

प्रकाशित: ७ असोज २०८२ १३:०५ | Tuesday, September 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast