स्थानीय तहमा खटाइएका कर्मचारीलाई तत्काल रमाना दिन मन्त्रालयको निर्देशन

हिमाल प्रेस १ असोज २०८२ १२:५८ | Wednesday, September 17, 2025
स्थानीय तहमा खटाइएका कर्मचारीलाई तत्काल रमाना दिन मन्त्रालयको निर्देशन

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका कर्मचारीलाई तुरुन्त रमाना दिएर पठाउन सबै मन्त्रालय, आयोग, सचिवालय र सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

मन्त्रालयका अनुसार मंगलबार बसेको सचिवस्तरीय बैठकको निर्णयअनुसार उपसचिव र शाखा अधिकृत तहका कर्मचारीलाई ढिला नगरी तोकिएको स्थानमा पठाउन पत्राचार गरिएको हो।

खटाइएका कर्मचारी समयमै स्थानीय तहमा नजाँदा नियमित कामकारबाहीमा व्यापक अवरोध आएको गुनासो मन्त्रालयमा आइरहेको थियो। यही कारण मन्त्रालयले गत भदौ ३१ गतेको सचिवस्तरीय निर्णयअनुसार सम्बन्धित निकायलाई रमाना दिएर पठाउन औपचारिक अनुरोध गरेको हो।

‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४’ को दफा ८४ (४) बमोजिम विभिन्न मन्त्रालय, आयोग, सचिवालय र निकायमा कार्यरत उपसचिव तथा शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाइँदै आएको छ। यसले स्थानीय तहको कार्यसम्पादनलाई प्रभावकारी बनाउने र वित्तीय सुशासन कायम गर्न सहयोग पुग्ने मन्त्रालयले जनाएको छ।

प्रकाशित: १ असोज २०८२ १२:५८ | Wednesday, September 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast