सेनाको गोलीबाट दुई कैदीको मृत्यु

हिमाल प्रेस २६ भदौ २०८२ १२:५३ | Thursday, September 11, 2025
सेनाको गोलीबाट दुई कैदीको मृत्यु प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- रामेछाप कारागारमा सेनाको गोलीबाट दुई कैदीको मृत्यु भएको छ। कारागारमा कैदीहरूले बाहिर जान पाउनुपर्ने भन्दै गरेको झडप नियन्त्रणमा लिन गोली चलाउँदा दुईजनाको मृत्यु भएको नेपाली सेनाले जनाएको छ।

घटनामा १२ जना कैदी घाइते भएका छन्। मृत्यु हुनेको विवरण सार्वजनिक गरिएको छैन।

यसैगरी सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ।

कञ्चनपुरको चाँदनीमा भारतीय सीमा सुरक्षा बलले भारततर्फ जाँदै गरेका सातजना कैदीलाई नियन्त्रणमा लिई नेपाली सेनालाई बुझाएको नेपाली सेनाले जनाएको छ। एकजना कैदीलाई स्थानीयले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयलाई बुझाएका छन्। १२ जना कैदीहरू आफैँ कारागारमा हाजिर भएका छन्।

हालसम्म ९४ नाल विभिन्न हतियार बरामद भएको नेपाली सेनाले जनाएको छ।

प्रकाशित: २६ भदौ २०८२ १२:५३ | Thursday, September 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast