सुरक्षा अपडेट : कहाँ के भयो?

हिमाल प्रेस २५ भदौ २०८२ १३:५० | Wednesday, September 10, 2025
सुरक्षा अपडेट : कहाँ के भयो? दाङको तुलसीपुरमा नेपाली सेना र नेपाल प्रहरीको टोली बुधबार सामूहिक गस्ती गर्दै। तस्बिर : रासस

काठमाडौँ- नेपाली सेनाले जारी गरेको सुरक्षा अपडेट अनुसार समग्र स्थिति नियन्त्रणमा ल्याउने प्रयास तीव्र पारिएको छ।

जसअनुसार महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केटमा भएको लुटपाट घटनामा संलग्न चार जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

डिल्लीबजार-नारायणथान क्षेत्रको गस्तीको क्रममा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरू सुरक्षाकर्मी देखेपछि रकम छाडेर फरार भएका छन्।घटनास्थलबाट नेपाली रुपैयाँ २ लाख ३२ हजार ५ सय र अमेरिकी डलर २५०० (झण्डै ३ लाख ५० हजार रुपैयाँ) बरामद गरिएको नेपाली सेनाले जनाएको छ।

सेनाका अनुसार हालसम्म सुरक्षाकर्मीहरूमाथि आक्रमण गर्दै लुटिएको हतियारमध्ये ३२ नाल हतियार फिर्ता गरिसकिएको छ।

यस्तै, डडेलधुरास्थित जिल्ला कारागारबाट भागेका कैदीमध्ये २६ जनालाई पुनः नियन्त्रणमा लिइएको र काठमाडौँको डिल्लीबजारस्थित सदर कारागारबाट भाग्ने प्रयासमा रहेका कैदीहरूलाई सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएका छन्।

प्रकाशित: २५ भदौ २०८२ १३:५० | Wednesday, September 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast