सुरक्षाका लागि नेपाली सेनाको चार सन्देश

हिमाल प्रेस २५ भदौ २०८२ ६:५९ | Wednesday, September 10, 2025
सुरक्षाका लागि नेपाली सेनाको चार सन्देश

काठमाडौँ- सुरक्षाका लागि नेपाली सेनाले महत्त्वपूर्ण चारवटा सन्देश दिएको छ। पहिलो सन्देश हो, सुरक्षासम्बन्धी जानकारी दिन आग्रह। देशका विभिन्न स्थानमा विध्वंसात्मक तथा अराजक गतिविधि देखिएमा तत्काल नेपाली सेनाको मोबाइल नम्बर ९८६३०२९०२९ मा ह्वाट्सयाप वा भाइबरमा एसएमएस पठाई सहयोग गर्न सेनाले अनुरोध गरेको छ।

यसैगरी सेनाले सामुदायिक एकता र निगरानी गर्न अपिल गरेको छ। सुरक्षा निकाय पुग्नुअघि स्थानीय समुदायले एकजुट भई निगरानी गर्ने र घटनाबारे सही सूचना आदानप्रदान गरी आफ्नो टोलछिमेक सुरक्षित राख्न सेनाले आह्वान गरेको छ।

सेनाको अर्को सन्देस हो– भ्रामक समाचारप्रति सतर्कता। केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत भ्रामक र अतिरञ्जित सूचना फैलाउन खोजेकाले यस्ता गतिविधिलाई बेवास्ता गरी केवल सही सूचना सम्प्रेषण गर्न सेनाले आग्रह गरेको छ।

यसैगरी नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरु शान्ति सुरक्षा र अमनचयन कायम गर्न चौबीसै घण्टा खटिइरहेको जनाइएको छ।

नेपाली सेनाले यस्ता चुनौतीपूर्ण परिस्थितिमा नागरिक सचेतना र सहकार्य अत्यन्त जरुरी रहेको भन्दै, सामुदायिक एकता र सही सूचना प्रवाहले सुरक्षालाई थप सबल बनाउने विश्वास व्यक्त गरेको छ।

प्रकाशित: २५ भदौ २०८२ ६:५९ | Wednesday, September 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast