सुनसरीको पुल्चोकमा रोकिराखेको ट्रकलाई बसले ठक्कर दिँदा दुईको मृत्यु, २२ घाइते

हिमाल प्रेस २ असोज २०८२ १३:५९ | Thursday, September 18, 2025
सुनसरीको पुल्चोकमा रोकिराखेको ट्रकलाई बसले ठक्कर दिँदा दुईको मृत्यु, २२ घाइते

सुनसरी- भोक्राहा नरसिंह गाउँपालिका-३ पुल्चोकमा आज बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।

पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १-०२-००२ ख ०९४९ नम्बरको यात्रुवाहक बसले बिग्रिएर सडक छेउमा रोकी राखेको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो। सो दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दिए।

एक जनाको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको थियो भने एक जनाको ग्लोबल कार्डियो एण्ड न्युरो अस्पताल भोक्राहामा उपचारको क्रममा मृत्यु भएको उनले बताए।

घाइतेहरूको भोक्राहा नरसिंह गाउँपालिका-४ स्थित ग्लोबल कार्डियो एण्ड न्युरो अस्पतालमा उपचार भइरहेको प्रनाउ खतिवडाले जानकारी दिए।

प्रकाशित: २ असोज २०८२ १३:५९ | Thursday, September 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast