सिंहदरबारभित्र जलेका सवारी हटाउन मन्त्री घिसिङको निर्देशन

हिमाल प्रेस १ असोज २०८२ ११:५७ | Wednesday, September 17, 2025
सिंहदरबारभित्र जलेका सवारी हटाउन मन्त्री घिसिङको निर्देशन मन्त्री कुलमान घिसिङ

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधन तत्काल हटाएर अन्यत्र व्यवस्थित गर्न निर्देशन दिएका छन्।

जलेका गाडीमोटरसाइकलहरू छरपस्ट हुँदा सिंहदरबार परिसर कुरूप देखिएको छ। ‘कार्यालयलाई जर्जर देखिने अवस्थामा राख्नु हुँदैन। बाहिरको दृश्य सफा र आकर्षक हुनुपर्छ। क्षतिग्रस्त सवारीसाधनहरू यथाशीघ्र हटाएर व्यवस्थापन गरौं’ मन्त्री घिसिङले भने।

उनले सामान्य मात्र क्षति पुगेका भवनहरू बाहिरतर्फ रंगरोगन गरेर चाँडै मर्मत गर्न, आगलागीबाट क्षति पुगेका सवारीसाधन हटाउन र मूल्यांकन कार्य तुरुन्त प्रारम्भ गर्न सम्बन्धित निकायलाई निर्देशन दिए।

‘हाम्रा संरचना हामी आफैँ बनाऔँ’ अभियानमार्फत सरकार, देशभित्र र विदेशमा रहेका नेपालीको सहयोग संकलन गरी पुनर्निर्माण प्रक्रिया अघि बढाइने घिसिङले बताए।

यसैबीच, सहरी विकास मन्त्रालयले मातहतका संरचनामा भएको क्षति निर्धारण गर्न कार्यदल गठन गरी काम सुरु गरेको जनाएको छ।

प्रकाशित: १ असोज २०८२ ११:५७ | Wednesday, September 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast