सिंहदरबारका कर्मचारी भन्छन्, ‘देशको सम्पत्ति जलाएर के पाए?’

हिमाल प्रेस ३० भदौ २०८२ १८:५७ | Monday, September 15, 2025
सिंहदरबारका कर्मचारी भन्छन्, ‘देशको सम्पत्ति जलाएर के पाए?’

काठमाडौँ- अझै पनि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा धुवाँ पुत्पुताइरहेको छ। एक साता अघिसम्म सुन्दर फूलहरूको बीचमा रहेको सिंहदरबार खण्डहर बनेको देख्दा जो कोही भावुक हुन्छन्।

आज (सोमबार) ऊर्जा मन्त्रालयमा कार्यरत कर्मचारी पारसमणि राई र उनका साथी प्रेम गौतम प्रधानमन्त्री कार्यालयको भवन नियाल्दै निकैबेर टोलाइरहे। ‘मन आत्तियो, हेर्नै नसकिने गरी खरानी बनाएछन्,’ गौतमले भने, ‘देशको सम्पत्ति जलाएर के पाए?’

जनताको करले बनेको सिंहदरबार जलाउने कस्ता जनता होलान् भन्ने गुनासो राईको छ। प्रधानमन्त्री कार्यालयको छेवैको ऊर्जा मन्त्रालय पनि खण्डहर बनेको छ। ‘तस्बिर सधैँ रमाइलोका लागि मात्रै खिचिँदो रहेनछ,’ प्रधानमन्त्री कार्यालयमा कार्यरत एक कर्मचारीले भने, ‘सम्झनाका रूपमा फोटो खिचेकी छु।’

सबैभन्दा बढी क्षति भएको मध्येको हो गृह मन्त्रालय। ३१ वर्षदेखि निरन्तर गृहमन्त्रालयमै कार्यरत कर्मचारी केदार घिमिरेका अनुसार खरानी भएको कार्यालय देख्दा मन पोल्यो। उनले भने, ‘मलाई त बेघर भएजस्तो लागेको छ। खरानीबाहेक केही छैन।’

जेन्जी आन्दोलनका क्रममा जलेर भग्नावशेष भएको गृहमन्त्रालय अहिले पुरानो परराष्ट्र मन्त्रालयको शाखामा सारिएको छ। साँघुरो भए पनि त्यहीँबाट सेवा विस्तार गर्ने विपत् तथा व्यवस्थापन महाशाखाका प्रमुख तथा सहसचिव गोविन्द रिजालले जानकारी दिए। रासस

प्रकाशित: ३० भदौ २०८२ १८:५७ | Monday, September 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast