 
                             
                                            काठमाडौँ- सामाजिक प्लेटफर्म बन्द गर्ने सरकारको निर्णयविरुद्ध माइतीघरमा विरोध प्रदर्शन भएको छ। आइतबार पत्रकारहरुले काठमाडौँको माइतीघरमा सामाजिक प्लेटफर्म बन्दको विरोध गर्दै प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागीहरुले ‘जनताको मुख थुन्न पाइँदैन, सञ्जाल बन्द, आवाज बन्द, लोकतन्त्र ह्याक हुँदैछ, लोकतन्त्र व्याक हुँदैछ, सरकारको निर्णय फिर्ता गर’ लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका थिए।
सो क्रममा पत्रकार अगुवाहरुले सामाजिक प्लेटफर्म बन्द गरेर सरकारले नागरिकको अधिकार हनन गरेको भन्दै तत्काल निर्णय फिर्ता हुनुपर्ने माग गरेका थिए।
                            प्रकाशित: २२ भदौ  २०८२ १७:५४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 