समीर अभिनीत ‘यो ज्यान बलिदान’ गीत सार्वजनिक

हिमाल प्रेस ३१ भदौ २०८२ ११:४३ | Tuesday, September 16, 2025
समीर अभिनीत ‘यो ज्यान बलिदान’ गीत सार्वजनिक

काठमाडौँ- फिल्म ‘बलिदान’ को शीर्ष सार्वजनिक भएकाे छ। ‘यो ज्यान बलिदान’ बोलको गीत लिरिकल शैलीमा सार्वजनिक गरिएको हो।

सुजन चापागाईंको स्वर र संगीत रहेको गीत हर्क साउदले लेखेका हुन्। गीतमा आमा र मातृभूमिप्रति पुत्रको समर्पण चित्रण गरिएको छ। साथै, जीवन आमा र देशकै काखमा जन्मेर बाँचिएको हो भन्ने सन्देश दिन पनि खाेजिएकाे छ। आवश्यक परेको खण्डमा आफ्नो प्राणसमेत आमा र मातृभूमिको नाममा अर्पण गर्न तत्पर रहेको भाव प्रस्तुत गरिएकाे छ।

कोविद बज्रको संगीत संयोजन रहेको गीतमा विवेक झा, कृति नेपाली र कोविद बज्रले ब्याक-भोकल दिएका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ पनि कोविद बज्रले गरेका हुन्।

फिल्ममा समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मा, अर्पण थापा, कविता राय, हेमन्त बुढाथोकी, सन्तोष सेन, प्रेम पुरी, कामेश्वर चौरासिया, प्रज्वल दुलाल, जीवन बराल, रितेश जंग पौडेललगायत कलाकारको अभिनय छ। फिल्म असोज १३ देखि प्रदर्शन हुनेछ।

आसुसेन फिल्म्सको ब्यानरमा बनेको फिल्म दर्शन जीले लेखेका हुन्। फिल्मको निर्मातामा पवन ब्राडफोर्ड बिष्ट छन्। गीत सार्वजनिक गर्दै निर्देशक सन्तोष सेनले फिल्म पर्दाको संवादमात्र नभएर देशकोे घाउको चित्कार रहेको बताएका छन्।

‘प्रेमकथाले मनोरञ्जन दिन सक्छ तर देशको घाउलाई देखाउन सक्दैन भन्ने महसुस भयो। अन्यायले नागरिकलाई निरन्तर घेरिरहँदा लाग्यो, आमा र मातृभूमिको लागि एउटा युवा कति टाढासम्म जान सक्छ भन्ने कुरा कलाबाटै देखाउनुपर्छ। यही सोचबाट ‘बलिदान’ जन्मियो’, उनले थपे, ‘आज जेनजी पुस्ताको रक्त स्नानले देशलाई नयाँ युग दिएको छ। त्यसैले ‘बलिदान’ केवल कल्पना मात्र नभई वास्तविकताको प्रतिध्वनि हो। यो फिल्म पर्दाको संवाद मात्र होइन, देशको घाउको चीत्कार पनि हो।’

प्रकाशित: ३१ भदौ २०८२ ११:४३ | Tuesday, September 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast