समातिए सञ्जय टकला

हिमाल प्रेस २६ भदौ २०८२ १७:२२ | Thursday, September 11, 2025
समातिए सञ्जय टकला जेलबाट भागेर जनकपुर पुगेपछि समर्थकहरूसँग भेटघाटमा व्यस्त संजय साह (टकला)

काठमाडौँ- नख्खु कारागारबाट भागेका सञ्जय साह (टकला) पक्राउ परेका छन्। उनी काभ्रेको मंगलटारबाट बिहीबार पक्राउ परेका हुन्।

पूर्वराज्यमन्त्री साह जनकपुर बमकाण्डमा दोषी ठहर भई १२ वर्षदेखि जेल सजाय काटिरहेका थिए। बुधबार प्रदर्शनकारीले कारागारमा तोडफोड गर्न थालेपछि उनी कारागारबाट भागेर आफ्नो घर जनकपुर पुगेका थिए। जनकपुरमा आफूनिकटस्थहरूमा भेटघाटमा व्यस्त भएका उनी प्रहरीले सबै कैदीबन्दीहरूलाई सम्पर्कमा आउन भनेपछि सशंकित बनेका थिए।

भागेर जनकपुर पुगेपछि उनले सामाजिक सञ्जालमार्फत आफूलाई झुटा मुद्दामा फसाएर अपराधि बनाएर कारागारमा राखिएको बताएका थिए। साहले जेनजी आन्दोलनप्रति समर्थन जनाउँदै पुराना पार्टीका नेताहरूप्रति असन्तुष्टि व्यक्त गरेका थिए।

जनकपुरबाट गाडीमा काठमाडौँतर्फ आइरहेका बेला साह मंगलटारबाट पक्राउ परेको उनीनिकट एकजनाले बताएका छन्। प्रहरीले कैदीबन्दीहरूलाई सम्पर्कमा आउन सूचना जारी गरेपछि साह आफैँ नख्खु जेल फर्किइरहेका बेला पक्राउ परेको बताइएको छ।

२०६९ वैशाख १८ गते जनकपुरको रामानन्द चोकमा मिथिला राज्यको माग गर्दै बसिरहेको शान्तिपूर्ण धर्ना कार्यक्रममा शक्तिशाली बम विस्फोट गराइएको थियो। घटनामा पाँचजनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए। साह सोही बमकाण्डका मुख्य योजनाकार हुन्।

प्रकाशित: २६ भदौ २०८२ १७:२२ | Thursday, September 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast