 संसदीय सुनुवाइ समितिको बैठक। फाइल तस्बिर।
                             संसदीय सुनुवाइ समितिको बैठक। फाइल तस्बिर। 
                                            काठमाडौँ- संघीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० को बैठक आज बस्दैछ।
कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा साँझ ५:१५ बजे बस्नेगरी निर्धारण भएको समितिको बैठकमा सभापतिको निर्वाचनका सम्बन्धमा प्रक्रिया अगाडि बढाउने कार्यसूची छ।
सो समितिको सभापति रहेकी ईश्वरीदेवी न्यौपानेले राजीनामा दिई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचित भएपछि सभापति रिक्त रहँदै आएको थियो।
सोही समितिको सभापति चयनका लागि बैठक बोलाइएको सूचनामा उल्लेख छ।
                            प्रकाशित: २० भदौ  २०८२ ७:४० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 