सप्तकोशीमा खोलियो ३५ ढोका

हिमाल प्रेस २ असोज २०८२ ६:३० | Thursday, September 18, 2025
सप्तकोशीमा खोलियो ३५ ढोका

काठमाडौँ- पूर्वी पहाड तथा तराईका जिल्लामा भएको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएको छ।

बुधबार साँझदेखि कोशी ब्यारेज भएर बग्ने नदीको पानीको बहावमा वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

गएराति १० बजे गरिएको मापनअनुसार ब्यारेज भएर दुई लाख ५१ हजार ८६५ क्युसेक प्रतिसकेन्ड पानीको बगिरहेको प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए।

बुधबार राति ८ बजेको मापनअनुसार नदीमा दुई लाख ४८ हजार २०० क्युसेक प्रतिसेकेन्ड बहाव थियो।

पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५२ वटा मूल र चारवटा नहरको गरेर ५६ वटा ढोकामध्ये ३५ वटा ढोका खुल्ला गरिएको छ। त्यसैगरि खतरास्वरुप रातो बत्ती बालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २ असोज २०८२ ६:३० | Thursday, September 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast