सन नेपाल लाइफ इन्स्योरेन्सले कर्मचारीलाई दियो क्षमता अभिवृद्धि तालिम

हिमाल प्रेस १७ भदौ २०८२ १६:३९ | Tuesday, September 2, 2025
सन नेपाल लाइफ इन्स्योरेन्सले कर्मचारीलाई दियो क्षमता अभिवृद्धि तालिम

कोहलपुर- सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्ने उद्देश्यले एन्टी मनी लाउन्डरिङ तथा आतंकवादी वित्तीयकरण सम्बन्धी विशेष तालिम सम्पन्न गरेको छ।

कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजामा आयोजित उक्त तालिममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र उपनिर्देशक पदमप्रसाद सोडारीले प्रशिक्षण दिएका थिए। उनीहरूले मनी लाउन्डरिङ र आतंकवादी वित्तीयकरणजस्ता विश्वव्यापी चुनौतीहरूले बीमा क्षेत्रमा पार्न सक्ने असरबारे सचेत रहनुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा नारायणी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका शाखा प्रमुखहरू सहभागी थिए। त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, नायब प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाई तथा विभागीय प्रमुखहरूको पनि उपस्थिति रहेको थियो।

हाल सन नेपाल लाइफ इन्स्योरेन्सले देशभरका १४३ शाखाबाट जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेको छ।

प्रकाशित: १७ भदौ २०८२ १६:३९ | Tuesday, September 2, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast