माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'।
फाइल तस्बिर
काठमाडौँ- नेकपा माओवादी केन्द्रले संसद् विघटन गर्ने निर्णयमा असहमति जनाएको छ। मुलुकको वर्तमान परिस्थितिलाई लिएर पार्टी केन्द्रीय कार्यालय (पदाधिकारीहरू) को आकस्मिक भर्चुअल बैठकले असहमति जनाउने निर्णय गरेको हो।
‘बैठकले वर्तमान परिस्थितिको विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्थाविपरीत जसरी वर्तमान संसदलाई विघटन गर्ने निर्णय गरिएको छ, उक्त निर्णयप्रति हाम्रो पार्टीको गम्भीर रुपमा असहमति रहेको निर्णय गरेको छ’, बैठपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: २७ भदौ २०८२ २१:५९ | Friday, September 12, 2025
प्रतिक्रिया





