संसद् विघटनमा सन्तुष्ट बन्न सकिएन, गम्भीर असन्तुष्टि छ : माओवादी

हिमाल प्रेस २८ भदौ २०८२ ७:०१ | Saturday, September 13, 2025
संसद् विघटनमा सन्तुष्ट बन्न सकिएन, गम्भीर असन्तुष्टि छ : माओवादी

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) ले संसद विघटनप्रति असहमति जनाएको छ।

शुक्रबार साँझ विज्ञप्ति प्रकाशित गरी माओवादीले संसद विघटनलाई अमान्य भनेको हो। प्रधानमन्त्री सुशीला कार्कीलाई नियुक्त गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरेका छन्।

माओवादी प्रवक्ता अग्नि सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको वर्तमान परिस्थितिलाई लिएर पार्टी केन्द्रीय कार्यालय (पदाधिकारीहरू)को आकस्मिक भर्चुअल बैठक अध्यक्ष क. प्रचण्डको अध्यक्षतामा बस्यो। बैठकले वर्तमान परिस्थितिको विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत जसरी वर्तमान संसदलाई विघटन गर्ने निर्णय गरिएको छ, उक्त निर्णयप्रति हाम्रो पार्टीको गम्भीर रुपमा असहमति रहेको निर्णय गरेको छ।’

नवनियुक्त सरकारलाई आगामी ६ महिनाभित्र निर्वाचन गराउने जिम्मेवारी तोकिएको छ।

प्रकाशित: २८ भदौ २०८२ ७:०१ | Saturday, September 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast