काठमाडौँ- काठमाडौँको नयाँबानेश्वरस्थित संसद् भवनको वरिपरिका सडकहरू जेनजी आन्दोलनमा सहभागीहरूले कब्जा गरेका छन्। सोमबार मध्याह्नमा जेनजी पुस्ताका प्रदर्शनकारीले संसद् भवन परिसर प्रवेश समेत गरेका छन्।
अहिले वरिपरिका गेट अगाडि जेनजी पुस्ताका प्रदर्शनकारीहरूले घेरिरहेका छन्। प्रहरीले प्रदर्शनकारीलाई भित्र प्रवेश गर्न रोक्ने प्रयास गरिरहेका छन्।
प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहरा समेत प्रहार गरेको छ।
                            प्रकाशित: २३ भदौ  २०८२ १२:४८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

