तस्बिर स्रोत : संसद् सचिवालय
काठमाडौँ- संसदीय सुनुवाइ समितिको सभापति पदका नेपाली कांग्रेसका रामहरि खतिवडाले मनोनयन दर्ता गरेका छन्। खतिवडाले पार्टीको सिफारिसमा बिहीबार मनोनयन दर्ता गरेको संसद् सचिवालयले जनाएको छ।
निजामती विधेयकमा विश्राम अवधि (कुलिङ पिरियड) छेडखानीमा विवादित भएपछि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका थिए। सुशासन समितिमा कांग्रेसकै ईश्वरी न्यौपाने सभापति भएकी छन्। दुवै समिति कांग्रेसको भागबन्डामा परेका कारण कांग्रेसले खतिवडालाई पठाउने निर्णय गरेको थियो। सोहीअनुसार उनले मनोनयन दर्ता गराएका हुन्।
प्रकाशित: १९ भदौ २०८२ १५:२२ | Thursday, September 4, 2025
प्रतिक्रिया





