संविधान र गणतन्त्र रक्षाको माग गर्दै युवा सडकमा

हिमाल प्रेस २६ भदौ २०८२ २०:३५ | Thursday, September 11, 2025
संविधान र गणतन्त्र रक्षाको माग गर्दै युवा सडकमा

काठमाडौँ– संविधान एवं लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था रक्षाको माग गर्दै युवा विद्यार्थीले देशका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन्।

नेपाली कांग्रेस निकटको नेपाल तरुण दल र नेपाल विद्यार्थी संघमा आबद्ध युवाहरुले बिहीबार दिउँसो प्रदर्शन गरेका हुन्।

भ्रष्टाचार र बेथितिविरुद्ध जेएनजीले उठाएका मुद्दा सकारात्मक रहेको भन्दै युवा विद्यार्थीले संविधान र लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प खोजे सह्य नहुने बताएका हुन्।

काठमाडौँको चाबहिल चोकमा प्रदर्शन गरेका उनीहरूले कुनै पनि नाममा एकतन्त्रीय, निरंकुश र अधिनायकवादी शासन व्यवस्था स्वीकार गर्न नसकिने भन्दै खबरदारी गरे।

लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाका लागि आफूहरुले पनि रगत र पसिना बगाएको उल्लेख गर्दै उनीहरुले ‘वि वान्ट डेमोक्रेसी’, ‘राष्ट्रपतिलाई सार्वजनिक गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’, ‘संविधान मास्न पाइँदैन’, ‘जनताको जीउ ज्यानको रक्षा गर’, ‘शान्ति सुरक्षा कायम गर’ जस्ता नारा लगाएका थिए।

त्यस्तै कांग्रेस आवद्ध युवा विद्यार्थीहरूले जनकपुर, वीरगञ्जलगायतका स्थापनमा पनि प्रदर्शन गरेका छन्।

प्रकाशित: २६ भदौ २०८२ २०:३५ | Thursday, September 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast