फाइल तस्बिर
काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको रक्षा गर्दै कार्यान्वयनका निम्ति सक्रिय हुन सबैलाई आह्वान गरेका छन्। संविधानलाई संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।संविधान दिवसका अवसरमा पेरिस डाँडास्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले संविधानलाई बचाउनका निम्ति आफूले सक्दो पहल गरेको बताए। भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका क्रममा केही घुसपैठ भएको उनको भनाइ छ।
‘जेनजीले उठाएका माग हामीले आजभन्दा १० वर्ष अगाडिदेखि नै उठाउँदै आएका हौँ, तर अहिले जेनजीले आन्दोलन गर्नुपर्ने र दर्जनौँ युवाले ज्यान गुमाउनुपर्ने परिस्थिति सिर्जना हुनु राम्रो होइन,’ उनले भने।
आफ्नो पार्टी संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयतालगायत महिला, दलित, आदिवासी जनजाति, मधेशी र मुस्लिम समुदायको संवैधानिक अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उनले अब हिनाताबोधभन्दा पनि सक्रियताका साथ अगाडि बढ्न आग्रह गरे।
प्रकाशित: ३ असोज २०८२ १५:२२ | Friday, September 19, 2025
प्रतिक्रिया




