संविधानबाटै निकास खोजिनुपर्छ : नैनसिंह महर

हिमाल प्रेस २६ भदौ २०८२ १६:४५ | Thursday, September 11, 2025
संविधानबाटै निकास खोजिनुपर्छ : नैनसिंह महर नैनसिंह महर

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान राजनीति संकटको समाधान संविधानभित्रबाट खोजिनुपर्ने कांग्रेसको स्पष्ट अडान रहेको बताएका छन्। उनले देशमा व्याप्त भ्रष्टाचार र शोषणविरुद्ध सुरु भएको जेनजी आन्दोलनको मुख्य माग यसै संविधानभित्र रहेर पूरा गर्न सकिने बताएका हुन्। उनले यस विषम परिस्थितिमा सबैलाई संयमित र सुरक्षित रहँदै समाजमा अमनचयन कायम गर्ने कार्यमा क्रियाशील रहन अनुरोध गरेका छन्।

जनचेतना जगाउने उद्देश्यले सुरु भएको आन्दोलनले गलत मोड लिँदा देशले ठूलो मूल्य चुकाउनुपरेको उनको भनाइ छ। ‘यस क्रममा दर्जनौँले ज्यान गुमाएका छन् भने खर्बौँको धनसम्पत्ति नष्ट भएको छ’, महरले भने।

सरकारी अकर्मण्यताका कारण डेढ दर्जनभन्दा बढी युवाहरूको ज्यान जानु बर्बरतापूर्ण कार्य भएको भन्दै उनले खेद प्रकट गरेका छन्। उनले पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेता र सामाजिक व्यक्तित्वहरूमाथि भएको आक्रमण लोकतान्त्रिक आचरणविरुद्धको निन्दनीय कार्य भएको बताए।

‘लोकतन्त्रिक प्रणाली विश्वकै उच्चतम प्रणाली हो र यसै प्रणालीअन्तर्गत अहिलेको संविधान बनेको छ,’ महरले भने, ‘यस विषम परिस्थितिको निकास पनि अहिलेको संविधानभित्रै खोजिनुपर्छ।’

प्रकाशित: २६ भदौ २०८२ १६:४५ | Thursday, September 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast