शीतल निवासमा मध्यरातसम्म छलफल, कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिन राष्ट्रपति तयार

हिमाल प्रेस २७ भदौ २०८२ ६:३० | Friday, September 12, 2025
शीतल निवासमा मध्यरातसम्म छलफल, कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिन राष्ट्रपति तयार

काठमाडौँ- शीतल निवासमा मध्यरातसम्म चलेको छलफलमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका नेताहरूलाई आफू अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिन तयार रहेको जानकारी गराएको स्रोतले जनाएको छ।

राष्ट्रपतिको भनाइ उदृत गर्दै एक कांग्रेस नेताले सो जानकारी सार्वजनिक गरेका हुन्। आन्दोलनरत जेनजी समूह को सिफारिसअनुसार कार्कीलाई नयाँ सरकारको नेतृत्व दिन पहल भइरहेको छ।

छलफलमा राष्ट्रपति पौडेलसँगै प्रधानसेनापति, पूर्वप्रधानन्यायाधीश कार्की र कानुनविद् ओमप्रकाश अर्याल पनि सहभागी थिए। चार जनाबीचको वार्तामा संसद् विघटनबारे मतभेद देखिए पनि त्यसलाई कुन संवैधानिक बाटोबाट अघि बढाउने भन्ने विषयमा मुख्यतया बहस केन्द्रित भएको बुझिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast