शिक्षक कर्मचारीले विद्यालय समय र पोसाकमा टिकटक बनाएपछि मन्त्रालयले लेख्यो मानव स्रोतलाई पत्र

हिमाल प्रेस ३० भदौ २०८२ १६:४१ | Monday, September 15, 2025
20
SHARES
शिक्षक कर्मचारीले विद्यालय समय र पोसाकमा टिकटक बनाएपछि मन्त्रालयले लेख्यो मानव स्रोतलाई पत्र

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक तथा कर्मचारीलाई कार्यालय समयमा कार्यालय पाेसाकमा टिकटक नबनाउन र सामाजिक सञ्जालमा पोष्ट नगर्न निर्देशन दिएको छ।

मन्त्रालयले गत आइतबार शिक्षा तथा मानवस्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुरलाई पत्राचार गर्दै यस सम्बन्धमा विद्यालय स्तरमा आवश्यक समन्वय, सहयोग र सहजीकरण गर्न आग्रह गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत ‘हेलो सरकार’ मा शिक्षक र कर्मचारीले तोकिएको पोसाकमा टिकटक भिडियो बनाइ बालमनोविज्ञानमा प्रत्यक्ष असर पुग्ने खालका गतिविधि गरेकोबारे गुनासो परेपछि मन्त्रालयले यस्तो कदम चालेको हो।

मन्त्रालयले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई सो कार्य नगर्न नगराउन सचेत गराइएको जनाएको छ।

प्रकाशित: ३० भदौ २०८२ १६:४१ | Monday, September 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast