 चीनको बेइजिङमा बुधबार आयोजित सैन्य परेड अवलोकनमा सहभागी हुँदै चीनका राष्ट्रपति सी चिनफिङ (बीचमा), उत्तर कोरियाका नेता किम जोङ उन (दायाँ) र रूसका राष्ट्रपति भ्लादिमिर पुटिन (बायाँ)। साथमा प्रधानमन्त्री केपी शर्मा ओली (किमभन्दा पछाडि) 
तस्बिर : एपी/रासस
                             चीनको बेइजिङमा बुधबार आयोजित सैन्य परेड अवलोकनमा सहभागी हुँदै चीनका राष्ट्रपति सी चिनफिङ (बीचमा), उत्तर कोरियाका नेता किम जोङ उन (दायाँ) र रूसका राष्ट्रपति भ्लादिमिर पुटिन (बायाँ)। साथमा प्रधानमन्त्री केपी शर्मा ओली (किमभन्दा पछाडि) 
तस्बिर : एपी/रासस
                                            काठमाडौँ- चीनले विश्वका नेताहरूको उपस्थितिमा बुधबार विशाल सैन्य परेड प्रदर्शन गरेको छ।
दोस्रो विश्वयुद्ध समाप्त भएको ८०औँ वार्षिकोत्सवको अवसरमा बेइजिङको तियानआनमेन स्क्वायरमा आयोजित परेडको अध्यक्षता चिनियाँ राष्ट्रपति सी चिनफिङले गरेका थिए।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ र सी पहिलो पटक सार्वजनिक रूपमा सँगै उभिए। परेडमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विश्वका विभिन्न देशका सरकार र राष्ट्र प्रमुख सहभागी थिए।
अन्य सहभागी विश्वका नेताहरू
आर्मेनियाका प्रधानमन्त्री निकोल पासिन्यान
अजरबैजानका राष्ट्रपति इल्हाम अलीएभ
बेलारुसका राष्ट्रपति आलेक्सान्दर लुकाशेन्को
कम्बोडियाका राजा नोरोडोम सिहामोनी
क्युबाका राष्ट्रपति मिगेल दियास–कानेल
भियतनामका राष्ट्रपति लुओङ कुओङ
इन्डोनेसियाका राष्ट्रपति प्रभावो सुबिआन्तो
इरानका राष्ट्रपति मसउद पेजेश्कियन
काजाखस्तानका राष्ट्रपति कासिम–जोमार्ट तोकायेभ
किर्गिजस्तानका राष्ट्रपति सादिर जापारोभ
लाओसका राष्ट्रपति थोङ्लुन सिसौलिथ
मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम
माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु
मंगोलियाका राष्ट्रपति उखनागिन खुरेलसुख
म्यानमारका सेनाप्रमुख मिन आङ ह्लाइङ
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ
कंगो गणतन्त्रका राष्ट्रपति डेनी सासु–न्गेस्सो
सर्बियाका राष्ट्रपति आलेक्सान्दर भुचिच
स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको
ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोन
तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेर्दिमुहामेदोभ
उजबेकिस्तानका राष्ट्रपति शव्कत मिर्जियोयेभ
जिम्बाब्वेका राष्ट्रपति एमर्सन मनान्गाग्वा

 हिमाल प्रेस
                     हिमाल प्रेस                    ![सी, पुटिन र किमको उपस्थितिमा बेइजिङमा विशाल सैन्य परेड [तस्बिरहरू]](https://himalpress.com/wp-content/uploads/2025/09/chinapared.jpg) 
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 