 नेकपा एमालेका महासचिव शंकर पोखरेल
                             नेकपा एमालेका महासचिव शंकर पोखरेल
                                            काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनमतलाई नीतिका आधारमा धुव्रीकरण गर्न नसक्दा राजनीतिक अस्थिरता अन्त्य हुन नसकेको बताएका छन्।
सोमबार पार्टी कार्यालय च्यासलमा आनन्द पोखरेलद्वारा लिखित कम्युनिष्ट पार्टी निर्माणका आधार पुस्तक लोकार्पण गर्दै महासचिव पोखरेलले नेपालको राजनीतिभित्रको ठूलो चूनौतिको रुपमा रहेको अस्थिरता जनमतलाई नीतिका आधारमा धुव्रीकरण गर्न नसक्नुको परिणाम भएको बताएका हुन्।
लोकप्रिय मत पनि ३४–३५ प्रतिशतमात्रै प्राप्त भएको अवस्थामा अहिलेसम्म गरेका अभ्यासहरुबाट निर्णायक शक्ति हासिल गर्न कठिन रहेको उनले बताए।
उनले संगठनात्मक प्रणालीलाई आधारभूत तहसम्म स्थापित गर्न जरुरी रहको धारणा राखे। एमालेको नीति, पार्टीको मात्रै नभइ राष्ट्रको नीति बनाउने सामथ्र्य राख्न सके मात्रै पार्टी निर्णायक शक्ति बन्न सक्ने उनको भनाइ छ।
पोखरेलले सरकार बनाउनका लागि भिन्न विचार भएका दलसँग सहकार्य गर्नुपर्ने अवस्थामा रहेकाले एकल बहुमत प्राप्त गर्ने गरी तयारी गर्नुपर्ने जिकिर गरे।
उनले विधान महाधिवेशनपछि पार्टी व्यवस्थित हुने र पार्टी निर्माणका लागि वैधानिक सीमालाई पनि परिष्कृत गर्दै लैजाने बताए। पोखरेलले पार्टीको वर्ग संघर्ष आवधिक रुपमा हुने निर्वाचनमा केन्द्रीत हुनुपर्नेमा समेत जोड दिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 