कुलमान घिसिङसँग मनोज सिलवाल (दायाँबाट दोस्रो)।
काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त भएका छन्। आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले हितेन्द्रदेव शाक्यलाई हटाएर सिलवाललाई नियुक्त गरेको हो।
शाक्यलाई भने जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गरिएको छ। केपी शर्मा ओली सरकारले कुलमान घिसिङलाई बर्खास्त गरेर शाक्यलाई २०८१ चैत ११ गते नियुक्त गरेको थियो।
प्रकाशित: ५ असोज २०८२ २०:०१ | Sunday, September 21, 2025
प्रतिक्रिया



