वर्षा बढ्दो बढ्यो बाढीको जोखिम

हिमाल प्रेस ३१ भदौ २०८२ ८:५१ | Tuesday, September 16, 2025
वर्षा बढ्दो बढ्यो बाढीको जोखिम

काठमाडौँ- वर्षा हुने क्रम बढेसँगै देशका विभिन्न जिल्लामा बाढीको जोखिम पनि बढेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कतातह भन्दा तल छ भने बबई नदीको बहाव सतर्कता तहआसपास तथा बढ्दो छ।

ससाना नदीका हकमा आज रुपन्देही, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, चितवन, डोटी, डडेलधुरा, बर्दिया, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ।

यसैगरी आज इलाम, झापा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, बारा, पर्सा, कास्की, तनहुँ, स्याङ्जा, म्याग्दी, बागलुङ, पर्वत, गुल्मी, पाल्पा, अर्घाखाँची, बाँके, दाङ, सुर्खेत, दैलेख, बैतडी, दार्चुला र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना छ।

उल्लिखित जिल्लाका बासिन्दालाई होसियारी अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ।

 

प्रकाशित: ३१ भदौ २०८२ ८:५१ | Tuesday, September 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast