लयमा फर्किँदैछ राजधानी [तस्बिरहरू]

हिमाल प्रेस २८ भदौ २०८२ १२:३८ | Saturday, September 13, 2025
लयमा फर्किँदैछ राजधानी [तस्बिरहरू]

काठमाडौँ– जेनजी पुस्तको नाममा हिंस्रक प्रदर्शनपछि अशान्त बनेको राजधानी बिस्तारै लयमा फर्किँदैछ। गत २४ गते राजधानीको माइतीघरबाट शान्तरूपमा सुरु भएको प्रदर्शन एकाएक हिंसात्मक बन्दा सर्वसाधारण त्रसित बने।

हिंसात्मक समूहले सुरक्षाकर्मीलाई समेत कब्जामा राख्दै सरकारी र मुख्य दलका नेताको भवन-संरचना तोडफोड/आगजानीपछि नेपाली सेनाले सुरक्षा दिएको थियो।

आजदेखि सडकको सुरक्षामा प्रहरी फर्किएको छ र सेना फिर्ता भएको छ। अब बिस्तारै सडकमा सर्वसाधारण र सार्वजनिक यातायात पनि देखिदैछन्।

तस्बिर : हिमाल प्रेस 

प्रकाशित: २८ भदौ २०८२ १२:३८ | Saturday, September 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast