काठमाडौँ- राज बहादुर सानेको निर्देशनमा फिल्म ‘लज्जावती’ बन्ने भएको छ।
घटस्थापनाको अवसरमा सोमबार फिल्मको पशुपतिनाथ मन्दिर परिसरमा शुभ मुहूर्तसँगै छायांकन सुरु गरिएको छ। फिल्म काठमाडौँ उपत्यकामै छायांकन गरिने निर्देशक सानेले बताए।
फिल्ममा मुकुन भुसाल, श्रीकृष्ण निरौला, मेनुका माझी, जानुका विश्वकर्मा, माओत्से गुरुङ, सुशील पोखरेल, हिउँवाला गौतम, सपना श्रेष्ठ, प्रिया रिजाल, विनोद श्रेष्ठ, केशव रिजाल, रामहरी खड्कालगायत कलाकारको अभिनय रहनेछ।
आहा फिल्मस्को ब्यानरमा बन्ने फिल्मको प्रस्तुतकर्ता सौरभ वली हुन्। फिल्ममा कमल प्रसाद शर्मा र सन्दीप रोकायाले लगानी गरेका छन्।
प्रकाशित: ६ असोज २०८२ १५:०९ | Monday, September 22, 2025
प्रतिक्रिया




