रोचक शीर्षकमा फिल्म बन्दै ‘कुमुदे हिड्यो हिरो बन्न’, छायांकनमा निर्माण टिम

हिमाल प्रेस २८ भदौ २०८२ १५:०० | Saturday, September 13, 2025
रोचक शीर्षकमा फिल्म बन्दै ‘कुमुदे हिड्यो हिरो बन्न’, छायांकनमा निर्माण टिम

काठमाडौँ- ‘कुमुदे हिड्यो हिरो बन्न’ नामक फिल्म बन्ने भएको छ। फिल्म साहित्यकार तथा गीतकार जानकी पन्त ‘जून’ को डेब्यु निर्देशनमा बन्न लागेको हो।

 निर्देशक पन्तकाअनुसार फिल्म जीवनका हरेक कुरामा हिरो बन्न चाहने एक पात्रको कथामा आधारित रहनेछ। फिल्ममा उनकै कथा र पटकथा रहनेछ। फिल्म सत्य कथामा आधारित रहने उनले जानकारी दिइन्।

निर्माण टिम यतिबेला छायांकनमा व्यस्त छन्। लेखक उत्तम अधिकारीले केही तस्बिर फेसबुकमा सेयर पनि गरेका छन्। दाङको घोराईमा छायांकन भइरहेको फिल्म पोखरा, काठमाडौँमा पनि हुनेछ। केहि दृश्य बेलायतमा पनि छायांकन हुने निर्देशक पन्तले बताइन्।

फिल्ममा कुमुदेको पात्रको भूमिकामा अभिनेता कुमुद पन्त छन्। अन्य कलाकार निर्माण टिमले गोप्य राखेको छ। कुमुद इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता विष्णु पन्त शर्मा आचार्य हुन्। सह-निर्माता चक्र बहादुर बराल छन्।

प्रकाशित: २८ भदौ २०८२ १५:०० | Saturday, September 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast