रेशमले छाडे नागरिक उन्मुक्ति

हिमाल प्रेस २९ भदौ २०८२ ९:३९ | Sunday, September 14, 2025
रेशमले छाडे नागरिक उन्मुक्ति

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोडेका छन्।

सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन् । उनले नयाँ पार्टी घोषणा गरेका छन्। नागरिक उन्मुक्ति पार्टी, नेपाल घोषणा गरेका हुन्। पार्टी अध्यक्ष समेत रहेकी रञ्जीता श्रेष्ठसँग दूरी बढेसँगै रेशम नयाँ पार्टी खोल्ने तयारीमा लागेका हुन्।

कैलालीको टीकापुर हत्याकाण्डमा दोषी ठहरिएका रेशमले जेलमै रहदा पार्टी खोलेका थिए। रञ्जीताकै अध्यक्षतामा २०७८ फागुन १३ गते निर्वाचन आयोगबाट दर्ता भएको थियो। पार्टीले पश्चिम नेपालमा जनमत पाएसँगै रञ्जीता मन्त्री बनेकी थिइन्। त्यसैबेला राष्ट्रपतिबाट आममाफी पाएर रेशम छुटेका थिए। तर रेशम खुला राजनीतिमा आएपछि टसल सुरु भएको थियो।

प्रकाशित: २९ भदौ २०८२ ९:३९ | Sunday, September 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast